संखुवासभा। अरुण नदीमाथिको बेलिब्रिज भाँचिँदा तीन वटा ट्रक नदीको बीचमा अड्किएका छन्।
मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज दिउँसो भाँचिएको हो। पुलको बीच भाग नै भाँचिएपछि तीन वटै ट्रक नदीको बीचमा फसेका हुन्। ती ट्रकका चालक र सहचालकलाई भने उद्धार गरिएको छ।
निर्माण सामग्री बाकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए। बेलिब्रिज भाँचिँदा इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बोकेका तीन वटा अरुण नदीमा खसेका हुन्। बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ।
पुलको क्षमताभन्दा बढी सामान बोकेर तीनवटा ट्रक तार्ने क्रममा दुर्घटनामा भएको कार्यपालिका सदस्य याम्फुले जानकारी दिएका छन्। तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामाग्री बोकेर वालुङतिर जाँदै थिए। दुईवटा रड र एउटामा टनेल पाइप थियो।
यो बेलिब्रिज २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुणबाट निर्माण सामाग्री तार्न बनाएको थियो।
Facebook Comment
Comment