झापा गोल्डकपका लागि खेल मैदान स्तरोन्नती शुरू

नेपालभ्युज

झापा गोल्डकपका लागि खेल मैदान स्तरोन्नती शुरू

झापा । पाँचौँ संस्करणको झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति कार्य सुरु गरिएको छ। यही २१ फागुनदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको हो।

डोमालाल राजवंशी रङ्गशाला देशभरका खेल मैदानहरूमध्ये उत्कृष्ट मानिन्छ। खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

रङ्गशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए।

पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।

प्रतियोगिताको फाइनल खेल फागुन ३० गते हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved