कर्णाालीमा आईटिएफ तेक्वान्दो सेमिनार हुने

नेपालभ्युज

कर्णाालीमा आईटिएफ तेक्वान्दो सेमिनार हुने

सुर्खेत । कर्णाली प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा आइतबारदेखि प्रदेशस्तरीय टेक्निकल सेमिनार आयोजना हुने भउको छ। सेमिनारमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० जना प्रशिक्षक तथा खेलाडीले भाग लिने संघका संयोजक होमबहादुर सुनारले जानकारी दिए।
कर्णालीमा आईटिएफ खेलको विकास गर्दै यहाँका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मेडल जित्न सबल बनाउने उद्देश्यले सेमिनार आयोजना गरिएको उनले बताए।
सेमिनार वीरेन्द्रनगरस्थित कभर्ड हलमा तीन दिनसम्म सञ्चालन हुनेछ ।
सेमिनारको लागत अनुमान ३ लाख २८ हजारको छ। कार्यक्रमको व्यवस्थापन तथा कर्णाली प्रदेश खेलकुद खर्च व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद्सँग सहकार्य गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved