लगातार तीन बराबरीपछि घरेलु मैदानमा सेभिल्लाले इल्चेलाई हरायो

नेपालभ्युज

लगातार तीन बराबरीपछि घरेलु मैदानमा सेभिल्लाले इल्चेलाई हरायो

काठमाडौं । लगातार तीन बराबरी खेलको सेभिल्लाले गएराति ला लिगमा घरेलु मैदानमा इल्चेमाथि सहज जित निकालेको छ। पाँच मिनेटको अन्तरमा दुई गोल गरेको सेभिल्लाले इल्चेमाथि २-० को जितको निकालेको हो।

पहिलो हाफ बराबरी खेलेको सेभिल्लाका लागि पापु गोमेजले ७० र राफा मिरले ७५ मिनेटमा गोल गरे। खेल अवधिभर इल्चेमाथि हाबी भए पनि गोलका लागि सेभिल्लालाई दोस्रो हाफको उत्तरार्द्ध समयले साथ दियो।

जितपछि सेभिल्लाे २४ खेलबाट ५० अंक बनाएको छ। एक खेल कम खेलेको रियल मड्रिड ५३ अंकका साथ पहिलो स्थानमा हुँदा सेभिल्ला दोस्रो स्थानमा यथावत् छ। सेभिल्लाले यसअघि ओसासुना, सेल्टा भिगो र भ्यालेन्सियासँग बराबरी खेलेको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved