जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

नेपालभ्युज

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी।  जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ। जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो।
सो भेटवार्ताका क्रममा उनीहरूबीच इरानको आणविक सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ।

सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उनीहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ। जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो।

सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ। त्यस सम्झौतामा सहभागी देशहरुले केही समय अघि अष्ट्रियाको राजधानी भियनामा पनि छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved