प्रणय दिवसमा धमलाको ‘सुन न’ म्युजिक भिडियो

नेपालभ्युज

प्रणय दिवसमा धमलाको ‘सुन न’ म्युजिक भिडियो

काठमाडौं। प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन्। यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ।

शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गरेको हो। अनिल कटुवालले छायाङ्कन र सम्पादन गरेको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ।

भिडियोमा ‘द’ डान्स सोर्स समूहकोसमेत प्रस्तुति रहेको छ। म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved