काम गर्ने शैली विधिसम्मत नभएको भन्दै क्याप्टेन विजय लामाको राजीनामा माग

लामा क्याबिन क्रु डिभिजनका उपनिर्देशक छन्। उनी उमेर हदका कारण एक महीनापछि अवकाश हुँदैछन्।

नेपालभ्युज

काम गर्ने शैली विधिसम्मत नभएको भन्दै क्याप्टेन विजय लामाको राजीनामा माग

काठमाण्डौं। नेपाल वायुसेवा क्याबिन क्रु संघले क्याप्टेन विजय लामाको राजीनामा माग गरेको छ। लामाको काम गर्ने शैली विधिसंमत नभएको र नीति नियमभन्दा बाहिर गएर उनले काम गरेको भन्दै संघले राजीनामा मागेको हो।

नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन लामाको राजीनामासहित सातओटा माग राख्दै निगमका एक सयभन्दा बढी क्याबिन क्रुहरूले सामूहिक हस्ताक्षर गरेका छन्। बिहीबार संघले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चनलाई सातओटा मागसहितको ज्ञापनपत्र बुझाएको छ। लामा उपनिर्देशक भएसँगै उनले रात्रिकालीन उडानमा क्रु कटौटीको निर्णय गरेकाले उनीसँग क्याबिन क्रुहरू आक्रोशित छन्।

उनीहरूले उमेर हद ५८ वर्ष कायम गर्न र करार व्यवस्थालाई खारेज गरेर स्थायी नियुक्ति गर्न समेत माग गरेका छन्। त्यसका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भक्ता बढाउन समेत उनीहरूको माग छ। हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु कार्यरत छन्। जयमध्ये ६ जना मात्र स्थायी हुन् भने बाँकी सबै करारमा कार्यरत छन्।

क्याबिन क्रुहरू पहिल्यैदेखि असन्तुष्ट देखिएकोमा अहिले संघकै तर्फबाट लामाको राजीनामा मागिएपछि निगमभित्र अहिले विवाद चुलिएको छ।

लामा क्याबिन क्रु डिभिजनका उपनिर्देशक छन्। उनी उमेर हदका कारण एक महीनापछि अवकाश हुँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved