चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

नेपाल र ओमानबीचको खेल ओमानको अल अमेरेट क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि शुरु हुनेछ।

नेपालभ्युज

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

काठमाडौं। आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र ओमानबीचको खेल ओमानको अल अमेरेट क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि शुरु हुनेछ। नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ। नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो। ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो।

उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ। यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ। आईसीटी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved