सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णय : प्रदेश लोकसेवासम्बन्धी नीतिगत अस्पष्टता हटाइने

नेपालभ्युज

सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णय : प्रदेश लोकसेवासम्बन्धी नीतिगत अस्पष्टता हटाइने

धनगढी । सुदूरपश्चिम प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी नीतिगत अस्पष्टता हटाउने निर्णय गरेको छ।

सबै प्रदेशमा प्रदेश लोकसेवा आयोगले विज्ञापन गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने नीतिगत अस्पष्टताले विज्ञापन खोल्न सकेको थिएन। मन्त्रिपरिषदले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेसँगै प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको हो।

प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको छ।

“अबको एक साताभित्रै सबै मन्त्रालयले माग आकृति फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने छन्,” मन्त्री जोशीले भनिन्, “त्यसपछि लोकसेवा आयोगले विज्ञापन खोल्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved