काठमाडौं। चालू आर्थिक वर्षको बजेटको आकार घटाइएको छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटको आकार ३ प्रतिशत घटाएको हो। सरकारले अर्धवार्षिक समीक्षामार्फतबाट बजेटको आकार घटाइएको जानकारी दिइएको छ। चालू आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट बनाएको थियो।
सो बजेटको आकार घटाएर ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन गरिएको छ।
जसअनुसार अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड भएको छ। यसमध्ये चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडको लक्ष्य राखिएको छ। विकास खर्चतर्फ ३ खर्ब ४० अर्ब ३२ करोड छ।
यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड रहेकोमा संशोधन गरी घटाइएको हो। यसैगरी वित्तीयतर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारले लक्ष्य राखेको छ।
शुरुमा गरिएको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने प्रक्षेपण गर्दै बजेट संशोधन गरिएको हो।
Facebook Comment
Comment