काठमाडौं। भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ।
पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरु कविर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणाका सञ्चालक रहने गरी ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ।
मीनकुमारीको निधन भएको १३ औं दिनको पूण्यतिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, खेलकूद र समाजसेवामा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई बर्सेनि पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ।
ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षय कोषको स्थापना गरेको जनाएको छ। उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रा।लिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कबिर राणाले जानकारी दिए।
Facebook Comment
Comment