मछिन्द्रले एएफसीको छनोट खेल श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

पहिलो चरणमा ब्लु स्टारलाई पराजित गर्न सके अर्को चरणमा मछिन्द्रको भेट भारतको मोहुन बगान क्लबसँग हुनेछ। उक्त खेल २९ चैतमा कोलकतामा हुनेछ।

नेपालभ्युज

मछिन्द्रले एएफसीको छनोट खेल श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

काठमाडौं। मछिन्द्र क्लबले एएफसी कपको पहिलो चरणको छनोट खेल घरेलु मैदान दशरथ रंगशालामा नै खेल्ने भएको छ। मछिन्द्रले २२ चैतमा श्रीलंकाको ब्लु स्टार क्लबसँग आफ्नै देशमा एएफसी कपको छनोट खेल खेल्ने अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ।

बिहीबार मात्र एशियाली फुटबल माहासंघ (एएफसी) ले छनोट खेलको खेलतालिका सार्वजनिक गरेको हो। उक्त खेल नेपाली समयअनुसार साझ पाँच बजे हुनेछ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणको खेल सकिँदासम्म लिगको शीर्षस्थानमा रहेको आधारमा मछिन्द्र क्लब एएफसी कपको लागि छनोट भएको हो।

मछिन्द्रले एएफसी कप छनोट खेल्न लागेको यो पहिलो पटक हो। यदि पहिलो चरणमा ब्लु स्टारलाई पराजित गर्न सके अर्को चरणमा मछिन्द्रको भेट भारतको मोहुन बगान क्लबसँग हुनेछ। उक्त खेल भने २९ चैतमा कोलकतामा हुने तय भएको छ।

एएफसी कपमा छनोट पक्का गर्न मछिन्द्र क्लबले दोस्रो चरणमा मोहुन बगानलाई पनि हराउनपर्ने हुन्छ। यसपछि भने प्ले अफमा अर्को खेलको विजेतालाई पनि हराउन सके एएफसी कप छनोट हुनेछ।

एएफसी कपमा छनोट हुन सके मछिन्द ग्रुप डी मा पर्नेछ। जसमा भारतको गाकुलम केरेला, बंगलादेशको बसुन्धर किंग्स् र माल्दिभ्सको माजिया स्पोर्टस रहेका छन्।

शहीद स्मारक ‘ए’ डिभिजनको डिफेण्डिङ च्याम्पियन मछिन्द्र क्लब यो सिजन पनि जारी लिगमा चार अंकसहित शीर्षस्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved