वेस्ट इन्डिजविरुद्धको वानडे सिरिज एक खेल अगावै जित्यो भारतले

नेपालभ्युज

वेस्ट इन्डिजविरुद्धको वानडे सिरिज एक खेल अगावै जित्यो भारतले

एजेन्सी। घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाडि नै जितेको छ। गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ४४ रनले हराएको हो। जितसँगै भारतले सिरिज एक खेल अगावै जितेको हो।

योसँगै भारतले सिरिजमा २–० को अग्रता लिएको छ । पहिलो खेलमा ऊ ६ विकेटले विजयी भएको थियो।

भारत–वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ। एकदिवसीयलगत्तै दुवै टिमले तीन खेलकै टी–२० सिरिज पनि खेल्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved