बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

नेपालभ्युज

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

काठमाडौं । बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।

व्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगो बमोजिम रु १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकी बुढाथोकीले आफ्नो सिद्धार्थ बैंक लिमिटेड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन्। उच्च अदालतले पक्राउ परेकी बुढाथोकीलाई बैँकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेकी बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved