पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

नेपालभ्युज

पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । देशका पहाडी भू-भागहरूमा आज आंशिकदेखि सामान्य बदली रहने र तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै देशभर जारी पश्चिमी वायुको सामान्य प्रभाव हट्दै गएको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिक बदली रहने र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

राति भने प्रदेश बागमती र गण्डकीबाहेक अन्य प्रदेशमा मौसम सफा रहने पनि विभागको अनुमान छ।

देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात पनि हुने महाशाखाले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved