पार्टी छाडेका १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई कांग्रेसको पत्र

नेपालभ्युज

पार्टी छाडेका १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई कांग्रेसको पत्र

धनगढी । नेपाली कांग्रेस परित्याग गरेका कैलालीका तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई पार्टीले सिफारिस गरेको छ।

कांग्रेसबाट निर्वाचित भएर पार्टी परित्याग गरेका जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस कैलालीले निर्वाचन आयोगलाई पत्र लेखेको हो।

सिफारिस गरिएका जनप्रतिनिधिहरुमा टीकापुर नगरपालिका १ का वडाध्यक्ष लालवीर चौधरी, ३ का वडाध्यक्ष रामसेवक महतो र ५ का वडाध्यक्ष रामशंकर डगौरा थारू रहेका छन्।

त्यस्तै, सोही नगरपालिकाका कार्यपालिका सदस्य रमेश विक, वडा नम्बर ३ का वडा सदस्य बिना थारू, भागिदेवी कामी, वडा नम्बर ४ का सदस्य तुलसादेवी विक, प्रेमलाल चौधरी, रुपमति डगौरा थारू, वडा नम्बर ५ का सदस्य बलबरि थारू चौधरी, कन्हैया चौधरी, आशा थारू, सरिता भुल र वडा नम्बर ६ का वडा सदस्य रामशंकर चौधरी र जमुना चौधरी रहेका छन्।

कांग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिको १४ माघको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले १८ माघमा गरेको सिफारिसअनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved