भागबण्डा मिलाएर प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, आज शपथ ग्रहण

नेपालभ्युज

भागबण्डा मिलाएर प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, आज शपथ ग्रहण

विराटनगर। पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय फुटाएको छ। गत आइतबार मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधनसहित पारित गर्दै सरकारले मन्त्रालय विभाजनको गृहकार्य शुरु गरेको थियो।

भागबण्डा मिलाउन गत आइतबार ५ मन्त्रालय थप्ने तयारी गरिएकोमा आन्तरिक सहमति नजुटेपछि ६ ओटा मन्त्रालय थप गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ। मन्त्रालय फुटाउने गोप्य निर्णय भए पनि सरकारले हालसम्म औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन।

प्रदेश मन्त्रिपरिषद्को अघिल्लो आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधनसहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो। जसमा स्वास्थ्य, सामाजिक विकास, सडक पूर्वाधार तथा शहरी विकास, खानेपानी, ऊर्जा तथा सिँचाई, उद्योग, श्रम तथा रोजगार, वन, वातावरण तथा भू-संरक्षण, संस्कृति तथा पर्यटन, कृषि तथा पशुपन्क्षी विकास र भूमि व्यवस्था, सहकारी तथा यातायात व्यवस्था साविकका ४ मन्त्रालय विभाजन पश्चात् नयाँ ९ मन्त्रालयहरू बन्ने भएका छन्।

नयाँ मन्त्रीहरूलाई आज बिहान ११ बजे शपथ ग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved