न्यूयोर्कस्थित गान्धीको शालिक तोडफोड

नेपालभ्युज

न्यूयोर्कस्थित गान्धीको शालिक तोडफोड

एजेन्सी। न्यूयोर्कको म्यानहट्टननजिकै रहेको युनियन स्क्वायरमा रहेको भारतीय राष्ट्रपिता महात्मा गान्धीको शालिक तोडफोड गरिएको छ। शनिबार बिहान केही अज्ञात व्यक्तिहरूले गान्धीको प्रतिमा तोडफोड गरेको बताइएको छ।

अमेरिकामा बसोबास गर्ने भारतीय नागरिकले उक्त घटनाको विरोधसहित प्रशासनसँग कडा कारबाहीको माग गरेका छन्। न्यूयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले घटनाको निन्दा गरेको छ। यस विषयमा स्थानीय प्रशासनलाई प्रतिवेदन दिइसकेको र छिट्टै केही कडा कारबाही गरिने पनि जानकारी दिइएको छ। यसबाहेक यो मुद्दा अमेरिकी विदेश मन्त्रालयमा पनि उठाइएको बताइएको छ।

उक्त प्रतीमा २ अक्टोबर १९८६ मा गान्धीको ११७ औँ जन्मजयन्तीको अवसरमा स्थापना गरिएको थियो। सन् २०००१ मा उक्त प्रतीमा त्यहाँबाट हटाइएकोमा त्यसको केही समयपछि पुन: स्थापना गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved