एजेन्सी। दक्षिण कोरियामा कोरोना भाइरसबाट र पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना सङ्क्रमित भएका छन्। महामारी शुरू भएयता एकै दिन यति धेरैमा कोरोना देखिएको यो पहिलोपटक हो।
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको स्वास्थ अधिकारीहरूले जनाएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए। एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो।
शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ। नयाँ सङ्क्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन्। सोही अवधिमा २२ जनाको मृत्यु भएको छ। यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ।
Facebook Comment
Comment