कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार, भ्रातृ संस्थाबारे छलफल हुने

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार, भ्रातृ संस्थाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार बस्ने भएको छ। भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न बैठक हुने जनाइएको छ।

यही २७ माघ अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved