पुलिस र च्यासल युथ क्लबबीचको खेल तालिका फेरियो

नेपालभ्युज

पुलिस र च्यासल युथ क्लबबीचको खेल तालिका फेरियो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नवौँ चरणअन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका फेरि परिवर्तन भएको छ। शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण परिवर्तन भएको हो।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदान खराब भएपछि खेल तालिका परिवर्तन गरिएको जनाएको छ।

अब यो खेल यही माघ २६ गते हुनेछ। नवौँ चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो।

चलिरहेको लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११ औँ स्थानमा रहेको छ। समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३ औँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved