बागबजारमा श्रीराज कलेक्सनको दोस्रो ब्राञ्च सुटमाला, माघभरिमा सिलाउनेलाई २५ प्रतिशत छुट

नेपालभ्युज

बागबजारमा श्रीराज कलेक्सनको दोस्रो ब्राञ्च सुटमाला, माघभरिमा सिलाउनेलाई २५ प्रतिशत छुट

काठमाडौं। नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि दोस्रो ब्राञ्च सुटमाला शुरु गरेको छ।

यही १७ १७ देखि सुटमालाको शुभारम्भ भएको छ। कोरोना महामारीबीच सरकारले तोकेको मापदण्ड पूरा गरेर सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। उक्त कार्यक्रमको नाम ‘खुसी मिलन’ राखिएको थियो।

सुटमालाका सञ्चालक राज कार्कीका अनुसार माघ महिनाभरि सुट सिलाउनेलाई २५ प्रतिशत छुट् दिइने छ।

सुटमाला बागबजारको केएमसी कलेजको ठिक अगाडि अवस्थित छ। सुटमालाले विभिन्न डिजाइनका आधुनिक सुट र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरू उपलब्ध गराउने सञ्चालक कार्कीले बताए।

बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिइने उनले बताए। जसअन्तर्गत अल्लोका उत्पादनलाई विशेष जोड दिइने उनले जानकारी दिए। कार्कीले भने, “यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरू सुटमालाले उपलब्ध गराउने छ।”

सुटमालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिने जनाइएको छ। अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गरिने कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved