वेस्ट इन्डिजविरूद्ध हुने सिरिजअघि भारतका ४ खेलाडीसहित ७ जनालाई कोरोना

नेपालभ्युज

वेस्ट इन्डिजविरूद्ध हुने सिरिजअघि भारतका ४ खेलाडीसहित ७ जनालाई कोरोना

काठमाडौं। वेस्टइन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा रहेका भारतका ४ खेलाडीसहित ७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ।

घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध हुने सिरिजअघि भारतका प्रमुख खेलाडीहरू शिखर धवन, श्रेयस अय्यर, ऋतुराज गायकवाड र नभदिप सैनीसहहित आधा दर्जन खेलाडीलाई कोभिड–१९ को संक्रमण देखिएको हो।

कोभिड सङ्क्रमित खेलाडीसँगै फिल्डिङ प्रशिक्षक टी दिलीप, सेक्युरिटी लाइसन अफिसर बी लोकेश र फिजिओ राजिव कुमार सङ्क्रमित भएपछि अहमदाबादको क्वारेन्टिनमा बसेका छन्। बिसीसीआईका अनुसार उनीहरूको जनवरी ३१ मा गरेको परीक्षणबाट पोजेटिभ देखिएको हो।

गत साता नै अहमदावाद आइपुगेको भारतीय टोली र बुधबार आइपुगेको वेष्टइन्डिजको टोली एकै होटलमा बसेका छन्। भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ। पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट शुरु हुनेछ। यस्तै फेब्रुअरी १६ मा पहिलो टी–ट्वान्टी हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved