भारतको बजेटमै घट्यो नेपाललाई दिने आर्थिक अनुदान

भारतले यो आर्थिक वर्षमा नेपाललाई सात अर्ब ५० करोड भारतीय रुपैयाँ आर्थिक अनुदान गर्ने वित्तमन्त्री सीतारमणले बजेट भाषणका क्रममा जानकारी दिएकी हुन्।

नेपालभ्युज

भारतको बजेटमै घट्यो नेपाललाई दिने आर्थिक अनुदान

काठमाडौं। भारतले नेपाललाई प्रदान गर्दै आएको आर्थिक अनुदान कटौती गरेको छ। भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज पेश गरेको भारतको आर्थिक वर्ष २०२२/२३ को बजेटमा नेपाललाई प्रदान गर्ने आर्थिक अनुदानमा कटौती गरेकी हुन्।

भारतले यो आर्थिक वर्षमा नेपाललाई सात अर्ब ५० करोड भारतीय रुपैयाँ आर्थिक अनुदान गर्ने वित्तमन्त्री सीतारमणले बजेट भाषणका क्रममा जानकारी दिएकी हुन्।

यसअघि, अघिल्लो आर्थिक वर्ष २०२१/२२ मा भारतले नेपालालई नौ अर्ब ९२ करोड आर्थिक अनुदान गरेको थियो।

भारतले दक्षिण एशियाली देशमध्ये भुटानलाई सबैभन्दा धेरै आर्थिक अनुदान प्रदान गर्ने भएको छ, जसमा भुटानले २२ अर्ब ६६ करोड अनुदान प्राप्त गर्ने भएको हो।

यसअघि, गतवर्ष ३० अर्ब अनुदान प्राप्त गरेको भुटानसँगै नेपाल र अफगानिस्तानलाई प्रदान गर्ने अनुदानमा पनि भारतले कटौती गरेको हो।

अघिल्लो आर्थिक वर्षमा साढे तीन अर्ब भारु अनुदान प्राप्त गरेको अफगानिस्तानले यो आर्थिक वर्ष दुई अर्ब भारु आर्थिक अनुदान प्राप्त गर्ने भएको छ।

श्रीलंकालाई प्रदान गर्ने अनुदानमा भने भारतले गत वर्षको तुलनामा कुनै कटौती गरेको छैन। श्रीलंकालाई भारतले दुई अर्ब भारु अनुदानमा दिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved