बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मागे माफी

नेपालभ्युज

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मागे माफी

एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लङ्घन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्।

प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेस भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको बताएका थिए। तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताए।

विपक्षीले केबल माफी माग्नु नै समस्याको समाधान नभएको भन्दै उनले गल्तीहरूबाट पनि पाठ सिकेर अघि बढ्ने उल्लेख गरे। तर‚ विपक्षी दलले भने प्रधानमन्त्रीलाई लाज पचेको व्यक्ति भन्दै राजीनामाको दबाब बढाएको हो। यसअघि पनि राजीनामा मागेका लेबर पार्टीका नेता कीर स्टार्मरले लकडाउन उल्लंघनको चर्चापछि लाज नभएको व्यक्ति भन्दै राजीनामा माग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved