महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन शुरु गरेका हुन्।

नेपालभ्युज

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले छिटो संघको महाधिवेशन गर्न पार्टी नेताहरूलाई दबाब दिन शुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन शुरु गरेका हुन्।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दबाब दिने अभियान शुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताए। त्यसक्रममा विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रिय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाएका छन्। अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरूसँग माग गरिएको पनि जोशीले बताए।

पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अव बस्ने केन्द्रिय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाए। उनले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएकाले उनीहरूमाथि दबाब दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गरे।

पार्टीको विधान र संघीयताको भावनाअनुसार कांग्रेस भातृ संस्थाहरूको विधान मस्यौदा भए पनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरू पूरानै विधानमा चलिरहेका छन्। जसकारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरूको माग छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved