जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

नेपालभ्युज

झापा। जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जंगली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए। घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ। पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जंगली हात्तीले मारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved