बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

नेपालभ्युज

बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

काठमाडौं। काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सात दिने अल्टिमेटम दिएको छ। समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना जारी गरेको हो।

मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दापनि नदी र सडकबीचको किनारमा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। उनले ती नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले निर्णय नभएको उनको भनाइ थियो।

उनले ती नदी किनारका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको जाकारी दिए। समितिका अनुसार थापाथली बागमती किनारमा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved