काठमाडौं। एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ४ जेठ ०७९ को मध्यरातपछि हुने चुनाव संविधान र कानूनविपरीत हुने दाबी गरेका छन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका सुब्बाले सरकारले कानून संशोधन गर्ने भनेको कुराको पनि विरोध जनाएका हुन्।
‘‘जेठ ५ पछि चुनाव गर्नु र ०८४ सालमा चुनाव गर्नु कानूनी हिसाबले उही हो,’’ सुब्बाले भने, ‘‘संविधान र ऐनविपरीत गर्न लागिएको कामविरुद्धको विरोध साम्य पार्न अब तोकिने मितिलाई फेरि सारेर ०८४ मा गर्ने भएमा कसले रोक्न सक्छ ?’’
प्रतिनिधिसभा सदस्य समेत रहेका सुब्बा संघीय संसद्को राज्य व्यवस्था समितिका सदस्यसमेत हुन्। सरकारले संविधानले चुनाव रोक्न नदिएको अवस्थामा चुनाव नगराउन सक्ने हो भने त्यसबेला त झन् असंवैधानिक काम गर्नबाट रोक्नै नसकिने अवस्था सिर्जना हुने उनको धारणा छ, ‘‘अहिले संविधानले नदिँदा त रोक्न सकिनन भने त्यसबेला त सरकारको हातमै अधिकार पुगिसकेको हुन्छ।’’
सरकारले आफ्नो म्याद थप्न खोज्नुलाई अनौठो नमान्ने सुब्बा भन्छन्, ‘‘सावधान ! ०५९ पछिको अवस्था सिर्जना गर्न लागिरहेको गठबन्धनले मुलुकभित्र विदेशी शक्तिलाई आमन्त्रण गर्ने काम गरिरहेका छन्। त्यही अवस्थामा मात्र त हो, कांग्रेसबाहेककालाई फाइदा हुने।’’
उनले गत बजेटमा ०८० चैतसम्म दलाल पूँजीलाई चलखेल गर्न कानून बनाएरै बाटो खोलिसकेको उनको धारणा छ।
Facebook Comment
Comment