स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : डा शेखर कोइराला

नेपालभ्युज

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : डा शेखर कोइराला
फाइल तस्वीर

विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले निर्वाचन कुनै बहानामा सार्न नहुने बताए।

सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने भन्दै उनले कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए। भने, “गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ,” उनले भने।

केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पनि नेतृत्वलाई सुझाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved