प्राङ्गरिक तरकारी खेती गर्ने किसानलाई प्रमाणपत्र दिइने

नेपालभ्युज

प्राङ्गरिक तरकारी खेती गर्ने किसानलाई प्रमाणपत्र दिइने

झापा । प्राङ्गरिक विधिबाट लगातार तीन वर्षदेखि तरकारी खेती गर्दै आएका किसानलाई कृषि ज्ञान केन्द्र झापाले प्रमाणपत्र दिने प्रारम्भिक तयारी गरेको छ।

किसानलाई व्यवसायमा उत्साह थप्ने र अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रमाणपत्र दिने तयारी गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए।

उनले विगत तीन वर्षदेखि केन्द्रले समूह तथा सहकारीको माध्यमद्वारा अग्र्यानिक तरकारी खेती गर्ने किसानलाई कृषि औजार तथा मल बीउका लागि अनुदानसमेत प्रदान गर्दै आएको र प्रतिफलसमेत राम्रो पाएको बताए।

उनीहरूलाई पहिलोपटक प्रमाण पत्र दिने तयारी गरेको बताउँदै उनले भने, “जिल्लामा ठूला–ठूला प्राङ्गरिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बढ्दैछ। उनीहरूको सही पहिचान गरेर हामी प्रमाणपत्र वितरण गर्छौँ। जसका कारण किसानमा उत्साह र हौसला मिल्छ भन्ने हाम्रो अपेक्षा हो।” उनका अनुसार चालु आर्थिक वर्षभित्रैमा किसानलाई प्रमाणपत्र वितरण गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved