आयोग गठन गरी श्रम श्रेत्रको व्यवस्थापन गर्न गम्भीर भएर लागेको छु : मन्त्री श्रेष्ठ

नेपालभ्युज

आयोग गठन गरी श्रम श्रेत्रको व्यवस्थापन गर्न गम्भीर भएर लागेको छु : मन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागिपरेको बताएका छन्।

मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्ध सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरूको समस्या समाधान हुनेगरी उनीहरूको सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि आफूले काम गरिरहेको पनि बताए।

त्यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरूको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायत काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved