पोखरा । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन शुरू गरेको छ।
फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन शुरू गरेको हो।
११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छुटेका भए ती बाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए।
सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधवा भत्ता प्रदान गर्ने गरिएको छ।
वडाबाट विवरण गर्ने भत्ता समग्रमा ७० वर्ष उमेर पुग्ने बेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउने जनाएको छ।
सामाजिक सुरक्षा भत्ताअन्तर्गत ६० वर्ष उमेर पूरा भएका दलित पुरुष र ७० वर्ष पूरा भएका दलितबाहेकका अन्य जातिका पुरुषले नेपाल सरकारले नै उपलब्ध गराउने भत्ता पाउँदै आएका छन्।
Facebook Comment
Comment