काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताए।
कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उनले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले सो कुरा राखिसकेको उनले उल्लेख गरे। गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे।
सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए। शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाइ छ।
Facebook Comment
Comment