विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढ्यो

नेपालभ्युज

विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढ्यो
काठमाडौं। पछिल्लो १० वर्षको अवधिमा विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढेको पाइएको छ। २०६८ देखि २०७८ सम्म विदेशमा बस्ने महिलाको संख्या १ लाख ६८ हजार ७ सय तीनले वृद्धि हुँदा पुरुषको भने ७९ हजार २ सय ८६ ले मात्रै बढेको छ।
केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।
त्यस्तै १० वर्षअघि विदेशमा बस्ने पुरुषको संख्या १६ लाख ८४ हजार २९ थियो भने त्यो सङ्ख्यामा सामान्य वृद्धि भएर हाल १७ लाख ६३ हजार ३ सय १५ पुगेको छ। हाल महिला र पुरुष मिलाएर २१ लख ६९ हजार ४ सय ७८ जनसंख्या स्वदेशमा अनुपस्थित रहेको विभागले जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved