राष्ट्रियसभा निर्वाचन आज, साँझसम्म परिणाम आउने (भिडिओसहित)

आगामी २० फागुनमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।

नेपालभ्युज

काठमाडौं। राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान शुरु भएको हो।

निर्वाचन अन्तर्गत सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ। रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ। निर्वाचनको परिणाम आजै रातीसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आ–आफ्नो समीकरण बनाई उम्मेदवार बनाएका छन्। आगामी २० फागुनमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।
सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved