नालीमा खसेर मृत्यु

नेपालभ्युज

चितवन। भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकाअनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो।

प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved