नेपालको जनसंख्या २ करोड ९२ लाख

नेपालभ्युज

नेपालको जनसंख्या २ करोड ९२ लाख

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या करीब २ करोड ९२ लाख पुगेको छ। केन्द्रीय तथ्यांक  विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो।

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिएको हो।

आगामी ६ महीनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने तयारी विभागको छ। यद्यपि, कोरोना महामारीका कारण त्यो केही प्रभावित हुनसक्ने विभागका निर्देशक निर्देशक लामिछानेले बताए।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत ३० भदौदेखि १८ असोजसम्म गरिएको थियो भने २५ कात्तिकदेखि ९ मंसीरसम्म मुख्य जनगणनाको काम गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved