आजको मौसमः पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा

नेपालभ्युज

आजको मौसमः पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा

काठमाडौं। अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ। पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो।

आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved