काठमाडौं। ट्वान्टी–२० शृङ्खलामा मोइन अलीको उत्कृष्ट बलिङसँगै इंग्ल्यान्डले वेस्ट इन्डिजलाई १ रनले हराएको छ। इंग्ल्यान्डको जितसँगै पाँच खेलको ट्वान्टी–२० शृङ्खलामा १–१ को बराबरी भएको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डबाट १७२ रनको लक्ष्य पाएको थियो। तर वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन मात्र बनायो। वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड र अकिल होसेनले नटआउट रहँदै सर्वाधिक ४४÷४४ रन बनाए। त्यस्तै निकोलस पूरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन जोडे।
इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए। आदिल रसिदले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर २४ रन खर्चिएका थिए। त्यस्तै रिस टोप्ले र क्रिस जोर्डनले १÷१ विकेट लिए। यसअघि पहिलो ट्वान्टी–२० वेस्ट इन्डिजले ९ विकेटले जितेको थियो।
Facebook Comment
Comment