तीन खेलको एकदिवसिय सिरिजमा भारतको लज्जास्पद हार

भारत र दक्षिण अफ्रिकाबिच तीन खेलको एकदिवसिय सिरिजमा दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ।

नेपालभ्युज

तीन खेलको एकदिवसिय सिरिजमा भारतको लज्जास्पद हार

काठमाडौं। भारत र दक्षिण अफ्रिकाबिच तीन खेलको एकदिवसिय सिरिजमा दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीमाथि आइतबार केपटाउनमा घरेलु टोलीले ४ रनको रोमाञ्चक जित निकाल्दै सिरिज ३–० ले कब्जा गर्‍यो।

टस हारेर पहिलो ब्याटिङ गरेको साउथ अफ्रिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डिककले १२४ रनको शतकिय इनिङ खेले। उनले १ सय ३० बलमा १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै रसि भान डेर डुसेनले ५२ रनको योगदान दिएका थिए।

त्यस्तै डेभिड मिलर ३९ रन बनाएका थिए। भने ड्वेन प्रिटियसले २० रन बनाए। भारतका लागि प्रसिद्द कृष्णले ३ विकेट लिंदा तथा दिपक चहार र जसप्रित बुमराहले समान २–२ विकेट लिए।

२ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम सम्म जितको प्रयास गरेपनि अन्तिममा समालिन नसक्दा ४ रनको हार भोग्न बाध्य भयो। भारत ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ८३ रनमा समेटिएको थियो।

शिखर धवनले ६१ रन बनाउँदा विराट कोहलीले ६५ रनको योगदान दिए। त्यस्तै दिपक चहारले ५४ रन बनाउँदा श्रेयस अय्यरले २६ रन बनाए। दक्षिण अफ्रिकाका लागि लुंगि गिदी र एन्डीले फेलुक्वायोले समान ३–३ विकेट लिए भने प्रिटोरियसको नाममा २ विकेट रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved