स्पेनिस कोपा डेल रेः साबिक विजेता बार्सिलोना बाहिरियो

नेपालभ्युज

स्पेनिस कोपा डेल रेः साबिक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी। स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट साबिक विजेता क्याटलान क्लब बार्सिलोना बाहिरिएको छ। गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो।

यो सिजन बार्सिलोना तीन उपाधिबाट वञ्चित बनिसकेको छ । गत डिसेम्बरमा बोका जुनियर्ससँग म्याराडोना कपको फाइनल गुमाएको बार्सिलोनाले यसै महिना रियल म्याड्रिडसँग पराजित हुँदै स्पेनिस सुपर कपको उपाधि पनि गुमाइसकेको छ।

बार्सिलोनाको अब युरोपा लिग र स्पेनिस ला लिगामा मात्रै उपाधि जित्ने सम्भावना छ , ला लिगामा पनि बार्सिलोना रियलभन्दा १७ अंकले पछि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved