आजको मौसम: आंशिक बदलीको अवस्था

नेपालभ्युज

आजको मौसम: आंशिक बदलीको अवस्था
सांकेतिक तश्वीर

काठमाडौं। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ।

प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved