मेला महोत्सव तथा भीडभाडमा चोरी गरेको अभियोगमा ७ भारतीय पक्राउ

नेपालभ्युज

मेला महोत्सव तथा भीडभाडमा चोरी गरेको अभियोगमा ७ भारतीय पक्राउ

चितवन। विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गरेको अभियोमा सात जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही भारती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यही माघ १ गते दिउँसो १२ः३० बजे शहीदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका–१० का वसन्त गिरी र सीता गिरीको झोलमा रहेको रु छ हजार नगद र दुईवटा औँठी उनीहरुले चोरी गरेका थिए। ती औँठी रु ९४ हजार बराबरको रहेको प्रहरीले जनएको छ।

उनीहरुले गिरी दम्पतीलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउनेजस्ता क्रियाकलाप गर्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। उनीहरुको साथबाट दुई थान सुनको आँैठी, रु छ हजार नगद र दुई थान एटिएम बरामद गरिएको उनले बताए।

सोही समूहले त्यसै दिन भरतपुर महानगरपालिका–५ कल्याणपुरकी ७४ वर्षीया चन्द्रमायाँ श्रेष्ठको रु दुई लाख बराबरको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए। अधिकारीले भीडभाडमा यस्ता प्रकृतिका मानिस देखिएमा सजग भई प्रहरीलाई खबर गर्नसमेत सबैमा अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved