उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ सोमबार साँझ बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।
सिद्धिचरण राजमार्ग अन्तरगत कटारीबजारबाट मरुवातर्फ जाँदै गरेको बा१०च ४१८८ नम्बरको बोलेरो विजुलेमा दुर्घटना हुँदा कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षीय विक्रम राना मगरको ज्यान गएको हो।
दुर्घटनालगत्तै स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी कटारी अस्पतालमा पुर्याएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार बोलेरो आफैँ अनियन्त्रित भइ सडकबाट तल खसेको हो।
प्रहरीका अनुसार दुर्घटनामा सोही वडाको पट्नाभज्याङका ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तिका ७ वर्षीय दिबश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ र ३६ वर्षीया बेदकुमारी थापा मगर घाइते भएका छन्।
Facebook Comment
Comment