उज्वेकिस्तान जाने बक्सिङ्ग खेलाडीको बिदाई

नेपालभ्युज

उज्वेकिस्तान जाने बक्सिङ्ग खेलाडीको बिदाई

काठमाडौं । उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुन गैरहेको एएसबीसी यु–२२ पुरुष\महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई आज एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आज बिदाई गरेका छन्।

प्रतियोगितामा ४८ केजी तौल समूहमा सुस्मा तामाङ्गले प्रतिस्पर्धा गर्दैछिन्। उनलाइृ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारले प्रशिक्षण दिएका छन्। खेलाडी सुस्मा तामाङ्ग भरखरै काठमाडौंमा सम्पन्न प्रकाशदाहाल स्मृतीू दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्णपदक विजेता हुन् उनले यसै वर्ष बैसाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म स्थान बनाएकी थिइन्।

अहिले, विश्व युवा बक्सिङ्ग ¥याङकिङमा उनी छैटौं स्थानमा छिन्। कार्यक्रममा नेपाल बक्सिङ्गका संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो। यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागीता हुनेछ। नेपाली टोली मंगलबार तास्कन्त प्रस्थान गर्दै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved