सिन्हा। चीनले सिरियालाई करीब ४ हजार टन चामल सहयोग गरेको छ। मानवीय सहायतास्वरूप पठाएको चामल आइतबार सिरियाले प्राप्त गरेको हो।
सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारण खाद्य संकट परेको बताइएको छ।
चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ। पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसका लागि चामल पठाएको थियो।
आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरे।
त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए। उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए। कार्यक्रममा चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताएका थिए।
Facebook Comment
Comment