एजेन्सी। विश्व नम्बर एक सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिच मेलवर्न ओपन नखेली अस्ट्रेलियाबाट फर्कने भएका छन्। स्वास्थ र कानून पालनाको आधार देखाएर अस्ट्रेलिया सरकारले
भिसा स्थगित गरिदिएपछि प्रतियोगिता खेल्न पाउनुपर्ने मागसहित उनले सरकारविरुद्ध मुद्दा हालेका थिए। तर, खोप नलगाएका जोकोभिचको मागलाई अस्ट्रेलियाका न्यायाधिसहरूले अस्विकार गरिदिए।
यससँगै मेलवर्नमा किर्तिमानी २१ औं ग्रान्ड स्लाम ओपन जित्ने जोकोभिचको सपना पूरा नहुने भएको छ। रोजर फेडेरर, राफाल नाडाल र जोकोभिचले सर्वाधिक २० पटक ग्रान्ड स्लाम ओपन टेनिस जितेको रेकर्ड छ।
जोकोभिचले यस फैसलाले आफु स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। तर फैसलालाई स्विकार्ने बताएका छन्। ‘सम्बन्धित अधिकारीहरूसँग यस देश छाड्ने विषयमा म सहकार्य गर्नेछु,’’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनी चाडैं अस्ट्रेलियाबाट फर्कने अनुमान गरिएको छ। अदालतको फैसलापछि उनका समर्थकहरू स्तब्ध बनेका छन्। जोकोभिचले प्रतियोगिताको शुरुवाती खेल खेल्नुभन्दा केही घण्टाअघि यो फैसला आएको हो। ‘‘जोकोभिचले नखेल्दा यो प्रतियोगिता खल्लो र रित्तो भएको छ,’’ एक समर्थकले भने।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिर्सनले यो फैसलाको स्वागत गरेका छन्। ‘‘यो हाम्रो सीमालाई बलियो बनाउन र अस्ट्रेलियनलाई सुरक्षित राख्ने फैसला हो,’’ उनले भने।
Facebook Comment
Comment