मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान

अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल गएको छ। हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो। आइतबार बिहान ९ बजेर १५ मिनेट जाँदा विमान काबुलतर्फ प्रस्थान गरेको हो।

नेपालभ्युज

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान

काठमाडौं। अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल गएको छ। हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो। आइतबार बिहान ९ बजेर १५ मिनेट जाँदा विमान काबुलतर्फ प्रस्थान गरेको हो।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा गरियो। काबुल पुगेपछि सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्ने जानकारी दिइयो। झन्डै १२ टन मानवीय सहायता सामग्रीमा खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा छन्।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेवारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिए। सहयोग सामग्री विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने छ।

हिमालय एयरलाइन्सको चार्टर विमानबाट अफगानिस्तानको काबुल प्रस्थान गरेको नेपाली टोली आजै स्वदेश फर्किने कार्यक्रम छ। मानवीय सहायतासहित अफगानिस्तान गएको हिमालय एयरलाइन्सले निःशुल्क सेवा दिइएको बताइएको छ।

यसअघि केही दिन संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका नागरिकलाई समस्याबाट बचाउन अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका थिए।

दशौँ लाख अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने गुटेर्रेसले बताएका थिए। गुटेर्रेसले संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध रहेको बताउँदै पछिल्लो समयमा अफगानी नागरिकमा मानवीय सहयताको आवश्यकता बढी परेको उनले बताएका थिए।

गुटेर्रेसले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मुख भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनः स्थापनाका कार्यक्रम सञ्चालन होस् भन्ने चाहेको पनि बताए।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved