दरबारमा रेस्टुरेन्ट प्रकरण : बतास ग्रुपको पक्षमा उद्योग संगठन

नेपाल उद्योग वाणिज्य संघले बतास समूहमाथि एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ।

नेपालभ्युज

दरबारमा रेस्टुरेन्ट प्रकरण : बतास ग्रुपको पक्षमा उद्योग संगठन

काठमाडौं। नेपाल उद्योग वाणिज्य संघले बतास समूहमाथि एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो।
संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमासहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो। सरकारी निकायले अनुमति दिएकोमा स्वाभाविक रुपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु गैर कानुनी र आपराधिक गतिविधि नभएको महासंघ ध्यानाकर्षण गराउन चाहन्छ।’

नेपाल उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

यता पोखरा उद्योग वाणिज्य संघले पनि बतास ब्रदर्ससँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै नारायणहिटी दरबारमा रेष्टुँरा सञ्चालन गर्न सरकारले नै आह्वान गर्ने र पूर्वाधार निर्माणमा खर्च गरेपछि विभिन्न आरोप लगाउने भन्दै संघले सरकारको आलोचना गरेको छ।
पोखरा उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

त्यस्तै उद्योग संघठन मोरङले नारायणहिटी दरबार सङ्ग्रहालय क्याफेटेरिया भाडा प्रकरणमा निजी क्षेत्रलाई नियोजित रुपमा आक्रमण गरिएको टिप्पणी गरेको छ। उद्योग संगठन मोरङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रक्रियासम्मत रुपमा व्यवसाय अघि बढाउँदा पनि बतास अर्गनाइजेसनमाथि राज्यले एकपक्षीय ढङ्गबाट नियतबस हतोत्साहित पार्ने, फसाउने कार्य गरेको र मिडियामा अनर्गल प्रचार प्रसार भइरहेको भन्दै आपत्ति प्रकट गरेको छ।

उद्योग संघठन मोरङले जारी गरेको विज्ञप्ति

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति पाएको यो ग्रुपले जथाभाबी संरचना निर्माण गर्न थालेको भन्दै विवादमा घेरिएको हो। यसपछि उद्योग सङ्गठनहरू यो ग्रुपको पक्षमा बोल्न थालेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved